मधुमेहको लक्षण देखाएको कम्तीमा १० वर्षपछि मात्र मृगौलामा समस्या देखा पर्छ । प्रकार १ मधुमेह भएको बिरमीमा १५–२० वर्षपछि मृगौलाको समस्या देखा पर्नसक्छ तर प्रकार २ मामधुमेह भएको सुरुकै अवस्थामा मृगौलामा असर गरिसकेको हुनसक्छ । सामान्यरुपमा हेर्ने हो भने १०–१५ वर्षमा धेरै बिरामीमा मृगौलामा असर देखिएको छ । मृगौलामा ९० प्रतिशत रोग लागिसक्दा पनि थाहा नहुँने भएकोले प्रत्येक वर्ष परीक्षण गराउनुपर्छ । मधुमेह पहिचान गर्न ढिला भएको खण्डमा भने बिरामीले चाडैँ नै ज्यान गुमाउने जोखिम हुन्छ । सबै मधुमेहको बिरामीलाई मृगौलामा समस्या हुँदैन। दोस्रो प्रकारको मधुमेह लाग्नुको मुख्य कारण शरीरमा बोसोको मात्रा धेरै हुनु हो।
Leave A Comment
You must be logged in to post a comment.