सुगर चेक गर्दा fasting (बिहान उठ्ने बित्तिकै केहि नखाएको बेलामा वा दिउँसो कम्तिमा ८ घण्टा केहि पनि नखाएको अवस्थामा) १२६ भन्दा धेरै भएको वा random (कुनै पनि बेलामा) २०० भन्दा धेरै भएको वा खाना खाएको २-३ घण्टा पछि २०० भन्दा धेरै भएको अवस्थामा मधुमेह भएको मानिन्छ l तर कम्तिमा दुई फरक दिनमा सुगर चेक गर्नु पर्छ l एक दिनको मात्रले हुँदैन l HbA1C ६.५ भन्दा बढी भएको भए पनि मधुमेह भएको मानिन्छ l HbA1C ले गएको करिब ३ महिनामा रगतमा औसत कति सुगर थियो भनेर पत्ता लगाउँछ l चिन्ता, पिडा, त्रसित भएको अवस्था, अन्य रोग ब्याधि लागेको अवस्था आदिमा पनि कहिले काहीं छोटो समयका लागि (केहि दिन) सुगर बढ्ने गर्छ l त्यसैले HbA1C जांच गर्नु निकै आवस्येक हुन्छ l