रगतमा उच्च ग्लुकोज लेभल भएपछि रगत बाक्लो र टाँसिने हुनपुग्छ । त्यसैले शरीरभरि रगत पम्प गर्न मुटुलाई भार पर्छ । यसले आर्टरीको भित्तामा असर गर्दछ । चिल्लो जम्ने क्रमको विकास गर्न सक्दछ । मुटु रोगका जोखिमका तत्ववहरू धूमपान, उच्च रक्तचाप र रगतमा उच्च कोलेस्ट्रोलबाट हुने नोक्सानलाई मधुमेहले अरू बढाउँदछ । टाइप २ मधुमेह भएको मान्छेको प्रायः ट्राइग्लिसराइड बढी र एचडीएल कोलेस्ट्रोल कम हुन्छ । मधुमेह भएको मान्छेलाई रक्तचाप हुने बढी सम्भावना हुन्छ । मधुमेहले मुटुको मांसपेशीलाई असर गर्न सक्छ र रगत पम्प गर्ने क्षमतामा ह्रास आउन सक्छ । मधुमेहले मुटुको स्नायुलाई असर पार्न सक्छ । त्यसैले एन्जाइनाको लक्षणहरूमा फरक पर्न सक्छ । यसले इन्जाइना र हृदयाघात पत्ता लगाउन ढिलो हुन सक्छ ।