नेपाल सरकारले मधुमेह रोगका विरामीलाई भनेर छुट्टै कार्यक्रम ल्याउन सकेको छैन । मधुमेह रोगको रोकथामका लागि सरकारी स्तरमा थुप्रै कामहरु गर्नु पर्ने देखिन्छ । ग्रामीण क्षेत्रका मानिसमा अझै मधुमेह रोगबारे उचित चेतना अभिवृद्धी गर्न सकिएको छैन ।

उदाहरणका लागि, गर्भावस्थामा हुने मधुमेहको नियन्त्रणका लागि सरकारले प्रत्येक अस्पताल तथा प्रसुती गृहले  मधुमेह विशेषज्ञको बन्दोबस्त गर्नुपर्छ ।

नेपाल सरकारले मधुमेह न्यूनिकरण गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वयगरी जनचेतनामुलक कार्यक्रम सञ्चारमाध्यमबाट प्रचार प्रसार गर्नुपर्छ ।