मधुमेहले ५ वटा दीर्घकालीन प्राणघातक परिणाम जन्माउन सक्दछ । ती हुन् हृदयाघात (हर्ट अट्याक),मस्तिष्कघात (स्ट्रोक), प्यारालाइसिस, मिर्गौलाघात (किड्नी फेल), दृष्टिघात (अन्धोपन) र अङ्गघात (खुट्टा कुहिने) ।

मधुमेह एक दिर्घ रोग हो जुन रगतमा ग्लुकोजको मात्रा निरन्तररुपमा सामान्य भन्दा बढि हुनगई मुटु, रक्तनली, आँखा, मृगौला तथा नशाहरुमा गम्भिर असर पुग्दछ ।

लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू (कार्डियोभास्कुलर डिजिजेज), स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू पर्दछन्।