जबकि मध्यम मात्रामा मदिरा सेवनले  रगतमा सुगरको लेभल  बढन सक्छ, तर अधिक मात्रामा मदिरा सेवनले  वास्तवमा तपाईंको रगतमा सुगरको लेभल कम गर्न सक्छ।

जुन व्यक्तिले हप्तामा तीन देखि चार पटकसम्म मदिरा सेवन गर्छन् उनीहरुलाई कहिल्यै मदिरा सेवन नगर्ने व्यक्तिहरुलाई भन्दा टाईप २ मधुमेह रोग लाग्ने सम्भावना कम रहेको डेनमार्कका अनुसन्धानकर्ताहरुले जनाएका छन्।

रगतमा चिनीको मात्राको व्यवस्थापन गर्ने सम्भावनाका कारण खासगरि वाइनको सेवन फाइदाजनक हुनसक्ने डायवेटोलोजियामा प्रकाशित उक्त अध्ययनमा भनिएको छ।

अनुसन्धानकर्ताहरुले ७० हजार मानिसहरुलाई उनीहरुले सेवन गर्ने मदिराको परिमाण र उनीहरुले कतिचोटी पिउँछन् भन्ने बारे सोधपूछ गरेका थिए।

तर विशेषज्ञहरुले यसलाई तोकिएको परिमाण भन्दा बढी मदिरा सेवन गर्न अनुमती मिलेको रुपमा नलिन भनेका छन्।

मदिरामध्ये विशेषगरि रेड वाइनमा हुने पोलीफेनल्स पदार्थका कारण त्यसको सेवनले रगतमा चिनीको मात्रा व्यवस्थापन गर्न फाइदाजनक हुनसक्ने बताइएको छ।

हप्तामा कम्तिमा एउटा वियर खाने पुरुषको तुलनामा ६ वटासम्म वियर सेवन गर्ने पुरुषलाई मधुमेहको जोखिम २१ प्रतिशतले घटेको तथ्य अध्ययनवाट फेला परेको छ। तर महिलाहरुमा भने यसको त्यस्तो कुनै प्रभाव देखिएन।