२०७४ सालको तथ्यांकअनुसार हाल नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात करिव २५ लाख मानिसमा मधुमेहको समस्या रहेको अनुमान छ ।

ग्लोबल हेल्थ एक्सनमा प्रकाशित डा. ज्ञवाली एण्ड अल गरेको एक अध्ययन अनुसार नेपालमा कुल ३० हजार जनसंख्यामध्य करिब ४१ दशमलव ५ प्रतिशत पुरुष तथा ५८ दशमलव ५ प्रतिशत महिला मधुमेह रोगबाट पिडित छन् ।

त्यस्तै, मधुमेहको जाखिम शहरी क्षेत्रमा ८ प्रतिशत तथा ग्रामिण भेगमा एक प्रतिशत रहेकोमा मधुमेहमध्य पनि टाइप २ मधुमेहको जोखिम १ दशमलव ४ प्रतिशतदेखि १९ प्रतिशतसम्म रहेको पाइएको छ ।

नेपालमा १० लाख मानिसमा मधुमेह रोग रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्लो समयमा नेपालमा करिब ५१ प्रतिशत बिरामी नसर्ने रोगका रहेका र त्यसमा मधुमेह रोगका बिरामी १५ प्रतिशत हुने गरेका छन् ।