जापानस्थित टोकियो विश्वविद्यालयका शोधकर्ताहरुद्धारा गरिएको नयाँ  अध्ययनलेे दिउँसो नसुत्ने मानिसको तुलनामा ६० मिनेट भन्दा बढी समयसम्म सुत्ने मानिस र ४५ प्रतिशत टाइप २ मधुमेहको बीच सम्बन्ध फेला पारेको थियो जुन ४० मिनेट भन्दा कमको सुत्ने मानिसमा नभेटिएको  बताउँछन् ।

निद्राको गडबढी, सामाजिक जीवनशैली तथा व्यस्त जीवनले पनि टाइप २ मधुमेहको जोखिम बढाउन सक्छ । तर यसका बाबजुद यो पनि सम्भावना छ कि जो मानिस कम स्वस्थ्य छ तथा मधुमेहको प्रारम्भिक चरणमा छन्, उनीहरु दिउँसोको समयमा धेरै सामयसम्म सुत्न रुचाउँछन् । त्यसको विपरित थोरै समयको सुताईले शरीरमा सतर्कता तथा स्फुर्तीको वृद्धि गराउने उक्त अध्ययनलेे बताउँछन् ।