किनकि यि औषधिहरूले हामीले हेर्न सक्ने ठाउँबाट (रगत) हेर्न नसक्ने ठाउँमा (सम्पूर्ण शरीर) चिनी सार्छ र हामी चिन्ता नलिकन धुक्क सँग बस्छौ।

यदि रगतमा चिनी विषाक्त हुन्छ भने, यो किन शरीर भित्र विषाक्त हुँदैन?

हुनसक्छ, किनकि यि औषधिहरूले शरीरलाई जबर्जस्ती चिनी थुपार्न बाध्य गर्छ, जस्तै सानो बच्चालाई धम्काएर, फकाएर जबर्जस्ती खान बाध्य गर्छौ?

रगतमा भएको चिनीको मात्रा घटाउने औषधिहरूले शरीरलाई जबर्जस्ती चिनीलाई बोसो को रुपमा थुपार्न बाध्य गर्छ, र तिनीहरूले त्यो बोसोलाई ऊर्जाको रूपमा प्रयोग गर्ने क्षमतालाई बन्द गर्छ।

हुनसक्छ, किनकि यि औषधिहरूले सम्पूर्ण शरीरमा जबर्जस्ती ग्लुकोज धकेलेर थुपार्न बाध्य गर्छ, जस्तै धकालने मान्छेहरु लाई काममा लगाएर रेलगाडी भित्र यात्री हरुलाई जबर्जस्ती छिराउन खोज्छ।

हुनसक्छ, किनकि यि औषधिहरूले शरीरमा ऊर्जा संकट सिर्जना गरेर ब्लड सुगर घटाउँन बाध्य गराउन्छ। उदाहरणका लागि मेटफर्मिनले शरीरमा ऊर्जा उत्पादन गर्ने कारखानालाई क्षति पुर्याउँछ  र फलस्वरूप

ऊर्जा उत्पादन गर्ने क्षमता घटछ (लोड शेडिंग)। कलेजोलाई ग्लुकोज उत्पादन (धेरै ऊर्जा खर्च हुने प्रक्रिया) कम गर्न बाध्य हुन्छ र फलस्वरूप रगतमा सुगर को मात्रा घटछ