विश्वास गर्न गाह्रो छ, तर एक पल्ट सोच्नुहोस्: के तपाईले कहिले कुनै मान्छे मधुमेहका औषधिहरू प्रयोग गर्न थालेपछी पूरा औषधि निर्भरता बाहेक वास्तवमा कसैको स्वस्थ सप्रेको सुन्नु भएको छ? 

किन टाइप-२ मधुमेहको निदान भएपछी उपचार मेटफोर्मिन बाट सुरु हुन्छ, तर चाँडै अन्य औषधीहरुको आबश्यकता पर्छ? किनकि मधुमेह रोगको कारणलाई सम्बोधन गरिएको छैन!

मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या भएकाले मधुमेहबाट छुटकारा पाउन पनि सोहि अनुसार खोज्नुपर्छ । 

तितो सत्य: औषधिहरूको प्रयोगले मधुमेह निको पार्न सकिँदैन ।

अधिकांश बिक्रि हुने औषधिहरूले कुनै पनि रोगको कारण लाई सम्भोदन नगरिकन लक्षण लाई मात्र  सम्भोदन गर्छ। औषधीले मधुमेह नियन्त्रण (रगतमा ग्लुकोजको मात्रा ) त हुन्छ, निर्मूल भने हुँदैन ।

यसलाई तार्किक रुपमा हेरौं। किन, मधुमेहको राम्रो व्यवस्थापन गर्न औषधिहरूको मात्रा बढ्दै जान्छ, तर जटिलताहरू बाट बच्ने सम्भवचाँहि छैन? 

किन रगतमा ग्लुकोजको मात्रा निरन्तर रुपमा नियन्त्रण राख्दा पनि मुटु, रक्तनली, आँखा, मृगौला तथा नशाहरुमा गम्भिर समस्याहरू बढ्दै जान्छ?

हुनसक्छ, त्यसैले धेरै चिकित्सकहरूले टाइप २ मधुमेहलाई दीर्घ रोग र निको नहुने प्रगतिशील रोग मान्छन्। आज पनि मधुमेह एकचोटी भइसकेपछि निको हुदैन भनेर धेरै मानिसहरू सोच्छन्। कतै हामी बुझ्दै नबुझी गलत उपचारको शिकार त भएका छैनौँ?

“मेटफर्मिन चक्की दिनमा दुई पटक खानुहोस् र भविष्यमा इन्सुलिनको सुइसम्म दिनुपर्ने अवस्था आउन सक्छ” भन्ने वाक्यांश मधुमेहका बिरामीका लागि नौलो नभएर औषधिहरू आजीवन सेवन गर्न तयार हुन्छन। तर, किन कसैले “तपाई केही महिनामा नै यो रोग निको पार्न सक्नुहुनेछ” भन्दा नौलो भएको भान हुन्छ?

के तपाईंलाई थाहा छ? हातखुट्टा झमझम गर्ने, खुटृा दुख्ने र पल्टने जस्ता न्युरोप्याथीका लक्षणहरुका कारण अनियन्त्रित मधुमेह भन्दा मेटफोर्मिन हुनसक्छ।

यदि तपाईंलाई मधुमेह रोगबाट मुक्त हुन सहयोग चाहिन्छ भने अथवा तपाईं मधुमेह मुक्त नेपाल अभियानमा सहभागी भएर नेपाललाई बिश्वभर चिनाउन सहयोग गर्न चाहानुहुन्छ भने मधुमेह रिवर्स कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं।

यस जनचेतना कार्यक्रममा मधुमेह रोगबाट मुक्त गर्न को लागि चहिने शिक्षा, दिशानिर्देश, सहयोग र आवश्यक औजारहरु प्रदान गर्नेछौ।

जेन हेल्थकेयरमा, हाम्रा बिरामीहरूको समस्याहरू सुल्झाउने नै हाम्रो मुख्य प्राथमिकता र प्रतिबद्धता छ। हामीले सिकेको सीप र आर्जन गरेको ज्ञान लाई साझेदार बनाउनु पर्छ भन्ने विश्वास गर्छौं।

कृपया थप जानकारीको लागि नम्बर ९८५१०३०१३१ अथवा  ९८४१२२७२३८ मा सम्पर्क गर्नु होला अथवा तलको फारम भरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

[qsm quiz=1]