रगतमा ग्लुकोजको मात्रा धेरै देखिएपछिको अवस्था मधुमेह हो ।

  • रगतमा ग्लुकोजको मात्रा सामान्य हुन फास्टिङ् अर्थात् खाली पेट भएको ८ घण्टामा नापिन्छ, यो १०० भन्दा कम हुनुपर्छ । 
  • खाना खाएपछिको समयमा अर्थात पिपि जसलाई खानाको पहिलो गाँस मुखमा परेको २ घण्टामा मापन गरीन्छ, यो १ सय ४० भन्दा कम हुनुपर्छ ।  यो स्तर १ सय ४० देखि १ सय ७० मा पुग्छ भने अत्तालिनु पर्ने केहि छैन । किनभने यत्तिका ब्लड सुगर लेभल नियन्त्रण गर्न सकिन्छ ।
  • तर जसको मधुमेहको मात्रा खाना अघि १०० देखि १२६ मा छ र खाना पछि १४० देखि २०० छ भने ती मानिस भविष्यमा मधुमेहको बिरामी हुन सक्छन् ।
  • जब सुगर लेभल २ सयदेखि ३ सयभन्दा बढी हुन्छ भने, उपचार खाँचो हुन्छ ।
  • ब्लड सुगर लेभल ४ सय मिलिग्रामभन्दा बढी भयो भने यो गंभिर समस्या हो ।
  • यदि समयमै मधुमेहलाई नियन्त्रण गरिएन भने यसले अन्य रोगलाई जन्म दिन्छ ।