मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ । बोलिचालीको भाषामा ‘सुगर’ अर्थात रगतमा ग्लुकोजको  मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो ।

मधुमेह रोगको प्रमुख विशेषता नै मानिसको रगतमा ग्लुकोज (सुगर) को मात्रा खाना खानुअघि या खाएपछि वा दुवै अवस्थामा तोकिएको मात्रा भन्दा बढी देखिनु हो। मानिसको शरीरमा प्याङक्रियाज भन्ने ग्रन्थी हुन्छ, जसले इन्सुलिन होर्मोन उत्पादन गर्छ। इन्सुलिनको मुख्य काम भने रगतमा भएको अधिक ग्लुकोजलाई मांशपेशी वा कलेजोभित्र पठाउनु हो। मधुमेह रोगमा सो ग्रन्थीबाट कम मात्रामा इन्सुलिन होर्मोन निस्किन्छ अथवा इन्सुलिन होर्मोनको कार्यक्षमतामा नै कमी आउँछ, जसको कारण सुगरको मात्रा रगतमा बढी हुन जान्छ।

यो रोग लागेपछी यो खाने, त्यो नखाने भन्ने कुरोले सधैं मनमा जरो गाडीरहन्छ। चिन्ता नगरेर पनि भएन, रोग हो ज्यानै लिन पनि सक्छ ।