गर्भावस्थाका सुरुकै दिनहरूमा मधुमेह नियन्त्रित नभएमा शिशुको शारीरिक बनावटमा असर हुन्छ । मधुमेहकै कारण विकलांग बच्चा जन्मिने खतरा हुन्छ । बच्चाको मुटु, दिमाग र ढाडमा सीधै असर गर्न सक्छ ।
गर्भवती महिलामा मधुमेह लाग्दा गर्भपात हुने सम्भावना अत्यधिक हुन्छ । गर्भावस्थाका पछिल्ला महिनाहरूमा शिशुलाई पोषण अत्यधिक बढी भएर शारीरिक तौल बढ्न पुग्छ । बच्चा सामान्यभन्दा बढी तौलको हु“दा प्रसवकालमा चोटपटक लाग्ने, सामान्य तरिकाले जन्मिन नसकेर अप्रेसन गर्नुपर्ने तथा शिशुको मृत्यु नै हुन सक्ने जोखिम रहन्छ ।
मधुमेह रोग लागेका महिलाको पेटमा भएको बच्चा जन्मिएपछि पनि मृत्यु हुन सक्ने खतरा रहन्छ । समय नपुग्दै बच्चा जन्मिने सम्भावना बढी हुने भएकाले मृत्युको खतरा उच्च हुन्छ । जन्मिनेबित्तिकै नवजात शिशुमा चिनीको मात्रा धेरै घटेर कम्पन हुने वा बेहोस हुने हुन्छ ।
मधुमेहरोगी आमाको पेटमा रहेको बच्चा जन्मिनेबित्तिकै श्वासप्रश्वासमा पनि समस्या देखिन सक्छ । यस्ता शिशुलाई कृत्रिम श्वास दिनुपर्ने हुन सक्छ । यस्तो समस्या धेरैजसो समय नपुग्दै जन्मिने बच्चामा देखिन्छ ।
गर्भवती महिलालाई मधुमेह भएमा बच्चालाई हुने प्रवल सम्भावना भएकाले आउने पिढीको भविष्य अन्धकार हुनबाट बचाउन सरकारले आफ्नो स्वास्थ्य कार्यक्रममा यसका बारेमा प्रभावकारी जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्छ
प्रतिकृया दिनुहोस
टिप्पणी पोस्ट गर्नको लागि तपाई लग इन हुनुपर्दछ।