प्रारम्भिक अवस्थामा यसका प्राय: कुनै विशेष लक्षण देखिँदैनन् तर जब रगतमा शर्कराको स्तर बढन थाल्दछ तब निम्नलिखितमध्ये कुनै एउटा वा धेरै लक्षण देखिन सक्छन्–

  • आँखाका लेंसको आकार फेरिनु जसले गर्दा नेत्रज्योति धमिलो हुन थाल्दछ।
  • रगतमा शर्कराको स्तर बढनाले बाहिरी संक्रमणको प्रति शरीरको रक्षा तन्त्र कमजोर हुन्छ परिणामस्वरूप छाला, पेसाबर फोक्सोमा सङ्क्रमण हुन्छ।
  • पेसाबको प्रवाह बढेर पटक-पटक पेसाब फेर्न जानु पर्छ।
  • पटक-पटक पेसाब फेर्नाले शरीरमा सञ्चित द्रव खर्च हुन थाल्दछ। त्यसैले तिर्खा लाग्दछ किनकि खर्च भएको द्रवको पूर्ति गर्न सकियोस्।
  • पटक-पटक पेसाब गर्नाले शरीरका लागि आवश्यक पर्ने धेरै रसायनिक पदार्थ शरीरबाट बाहिर निस्कन्छ फलतः शरीरमा थकाइ, कमजोरी रखुट्टामा ऐठन हुन थाल्छ तथा वजन पनि घट्न थाल्दछ।
  • शरीरबाट अत्याधिक मात्रामा द्रव निस्कँदा निर्जली करणको स्थिति आइ पर्छ। सास फेर्दा रोकिन थाल्दछ तथा कुनैबेला रोगी मुर्छा पर्छ।