धेरै वर्षसम्म टाइप२ मधुमेह रोगी जीवनभरि निको हुँदैनन् भन्ने सोच लिएका थिए। यो विस्तारै दीर्घ रोग भएर बढीभन्दा बढी ट्याबलेट खाँदै रोगलाई नियन्त्रण गर्नुपर्दथ्यो अनि अन्तमा इन्सुलिनको सुइसम्म दिनुपर्ने अवस्था आउँथ्यो, तर, तपाई केही महिनामा नै यो रोग निको पार्न सक्नुहुनेछ।
पछिल्लो १० बर्ष भित्र कम्तीमा पाँचवटा तरिकाहरूले धेरै व्यक्तिहरूमा प्रकार २ मधुमेहलाई रिवर्स गर्न सकेको दाबी गरेको छन्।
बेरियाट्रिक सर्जरी
बेरियाट्रिक शल्य चिकित्सा जस्तै गैस्ट्रिक बाईपास र गैस्ट्रिक ब्यान्डिंगको माध्यमबाट मधुमेह नियन्त्रण गर्न सम्भव छ। बेरियाट्रिक सर्जरी पछि ८०-९५ प्रतिशत रोगीहरू मधुमेह र मोटोपनबाट मुक्त भएका छन्।
चरम क्यालोरी प्रतिबन्धित आहार
न्यूकैसल र ग्लासगो विश्वविद्यालयहरूबाट नयाँ अध्ययनले देखाउँछ कि कम-क्यालोरी आहारले ९० प्रतिशत रोगीहरू मधुमेह बाट मुक्त भएका छन्, जसले १५ किलोग्राम अथवा बढी बजन घटाउन सफल भएका थिए । ६ वर्ष पुरानो मधुमेहबाट समेत मुक्त हुन सफल भएका थिए।
कम कार्बोहाइड्रेट उच्च फैट आहार
Virtahealth द्वारा आयोजित नयाँ अध्ययनले कम कार्बोहाइड्रेट (Nutritional Ketosis) आहारले १ बर्ष भित्र ६०% मधुमेह मुक्त भएका छन्। ९०% रोगीहरूले इन्सुलिन को प्रयोग घटाउन सफल भएका थिए। कसै कसैले त इन्सुलिनको प्रयोग पूर्ण रूपमा हटाउन सफल भएका थिए। Virtahealth 2025 सम्म १० करोड मधुमेह पिडित व्यक्तिहरूलाई मधुमेह मुक्त बनाउने मिशनमा छन्।
दुध बिनाको पूर्ण शाकाहारी आहार
जिम्मेवार औषधिको लागी चिकित्सक समिति [PCRM] ले दाबी गर्छन कि दुध बिनाको पूर्ण शाकाहारी आहारले प्रकार २ मधुमेहको व्यवस्थापन मात्र होईन पुरा रिवर्स गर्न सकिन्छ भन्ने दाबी गरेको छ।
पूर्ण कांचो शाकाहारी आहार
बस कच्चा आहार: ३० दिनमा मधुमेह मुक्त एक साँच्चै रोचक वृत्तचित्र हो, जसमा ६ जना को समूहका केही सदस्यहरूले पूर्णतया प्रभावकारी ढंगले ३० दिनमा काँचो खानेकुरा मात्र खाएर मधुमेहबाट मुक्त हुन सफल भएका थिए।
मधुमेह निको हुन्छ भन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ, तर यो सत्य साबित भैसकेको छ ।
यदि तपाईं मधुमेह मुक्त नेपाल अभियानमा सहभागी भएर नेपाललाई बिश्वभर चिनाउन सहयोग गर्न चाहानुहुन्छ भने मधुमेह रिवर्स कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं। यस कार्यक्रममा मधुमेह रोगबाट मुक्त गर्न को लागि चहिने शिक्षा, दिशानिर्देश, सहयोग र औजार प्रदान गर्नेछौ।
प्रतिकृया दिनुहोस
टिप्पणी पोस्ट गर्नको लागि तपाई लग इन हुनुपर्दछ।