आजको मिति सम्म प्रकार १ मधुमेह रोगबाट मुक्त हुन सकिएको छैन, तर, प्रकार २ मधुमेह रोगबाट मुक्त हुन सकिन्छ।
जब हामीले टाइप २ डायबिटीजको (दोस्रो प्रकारको मधुमेह) मुल कारण इन्सुलिन प्रतिरोध (धेरै बर्ष रगतमा इन्सुलिनको मात्रा बढ्नाले) हो भन्ने जान्छौ, तब हामी मधुमेह बाट मुक्त हुने बाटोमा यात्रा सुरु गर्न सक्छौ।
हालसालै वैज्ञानिक शोधकर्ताहरुको भनाइ अनुसार टाइप २ मधुमेह निम्न कारणले बिकास हुन्छ:
- अत्यधिक क्यालोरीको सेवनले लिवर (कलेजो)मा बोसो जम्मा हुन जान्छ।
- नतिजाको रूपमा, कलेजोले इन्सुलिनलाई ठीकसँग प्रतिक्रिया गर्दैन र अत्यधिक मात्रामा ग्लुकोज उत्पादन गर्दछ।
- समय बढ्दै गएपछि प्यानक्रियाजमा पनि बोसो जम्मा हुन शुरु गर्दछ र प्यानक्रियाजले यथेष्ट मात्रामा इन्सुलिन हर्मोनको उत्पादन गर्न सक्दैन।
- यदि हामीले खानेकुरा कम खाएर प्यानक्रियाजबाट १ ग्राम बोसो कम गर्न सक्यौँ भने प्यानक्रियाजले इन्सेुलिनको सामान्य उत्पादन पुन: सुरु गर्न सक्दछ र प्रकार २ मधुमेह रोगबाट मुक्त हुन सम्भव छ। यसका लागि १५% शरीरको बोसो घटाउनु आवश्यक छ।
- १० वर्ष पुरानो मधुमेहबाट समेत मुक्त हुन सम्भव छ।
सबै भन्दा महत्त्वपूर्ण कुरा, निस्सन्देह, बोसो जमेको ठूलो भुँडी घटाउनु हो।
तर टाइप २ मधुमेह भएका व्यक्तिलाई पेटमा जमेको बोसो तथा बढेको भुँडी घटाउन निकै गाह्रो हुन्छ।
किन मोटोपन घटाउने सजिलो उपाय “थोरै खाऊ र अधिक व्यायाम गर” भन्ने सल्लाहले टाइप २ मधुमेह भएका व्यक्तिहरुको समस्या समाधान हुँदैन? किनकि यसको केहि कारणहरू छन्, जसमा बिरामीहरू दोषी छैनन्।
कारण १: प्रकार २ मधुमेहमा शरीरले चहिने भन्दा बढी इन्सुलिन उत्पादन गर्छ र इन्सुलिनले वजन बढाउँछ।
यदि तपाईं विश्वास गर्नुहुन्न भने कृपया खाली पेट्मा बिहान तपाईंको इन्सुलिनको मात्रा जाँच गर्नुहोस्। सामान्यतया खाली पेट्मा बिहान रगतमा इन्सुलिनको मात्रा ५ भन्दा कम हुन्छ, तर स्वस्थ मात्रा ३ माईक्रो/एमएल भन्दा तल हुनुपर्छ।
यदि तपाईं, इन्सुलिन अथवा इन्सुलिनको मात्रा बढाउने औषधीहरू प्रयोग गरिरहनु भएको छ भने, के आधार मा तपाईंको डाक्टर ले तपाईंको प्यांक्रियाजले कम इन्सुलिन उत्पादन गर्छ भन्ने निदान गर्नुभयो?
यदि तपाईं आफ्नो मधुमेह पूर्ण रुपमा निर्मूल गर्न चाहनुहुन्छ भने, तपाईंले आफ्नो इन्सुलिनको मात्रा नियन्त्रण गर्नुपर्छ।
कारण २: दिनमा ५-६ पटक थोरै थोरै खानेकुरा खाँदा रगतमा ग्लुकोज र इन्सुलिनको मात्रा निरंतर उच्च हुन्छ।
डाइबिटिजमा रोगीहरुले दिनमा ३ पटक मात्र नभएर ५-६ पटक थोरै थोरै खानेकुरा खाने गर्नुपर्छ भन्ने सल्लाह मधुमेहको उपचार होईन, ठुलो भ्रम र धोका हो।
पटक-पटक गरेर थोरै-थोरै खानेकुरा खाँदा मोटोपना सुधार गर्न सकिन्छ, ब्लड सुगरको लेभल पनि नियन्त्रणमा रहन्छ र दिनभर शरीरमा उर्जा प्रवाह हुन्छ भन्ने सल्लाह पुरानो भैसक्यो।
यदि तपाईं आफ्नो शरीरलाई २-३ घण्टाको फरकमा खाना दिइरहनुहुन्छ भने, शरीरमा जम्मा भएको वोसो ऊर्जाको लागि प्रयोग गर्न शरीरका कोशिकाहरू प्रोत्साहित हुँदैनन ।
कारण ३: प्रकार २ मधुमेहमा प्रयोग हुने औषधिहरुले वजन बढाउन सक्छ।
उदाहरणको लागि, इन्सुलिन वजन बढाउनको लागि कुख्यात छ। इन्सुलिन र इन्सुलिनको मात्रा बढाउने औषधिहरुले शरीरलाई जबर्जस्ती चिनीलाई बोसो को रुपमा थुपार्न बाध्य गर्छ, र तिनीहरूले त्यो बोसोलाई ऊर्जाको रूपमा प्रयोग गर्ने क्षमतालाई बन्द गर्छ।
किन हाम्रो ध्यान रगतको ग्लूकोज कम गर्नमा मात्र केन्द्रित छ, जुन केवल लक्षण मात्र हो, तर कारण होइन?
हो, अहिलेको व्यस्त जीवनशैलीमा सबै क्षणभरमै पीडाबाट छुटकारा चाहन्छन् र औषधिबाट टाढा रहन सकिँदैन ।
तर तितो सत्य:”औषधिहरूको प्रयोगले मधुमेह रोगबाट मुक्त हुन सकिँदैन”।
किन टाइप-२ मधुमेहको निदान भएपछी उपचार मेटफोर्मिन बाट सुरु हुन्छ, तर चाँडै अन्य औषधीहरुको आबश्यकता पर्छ? किनकि रोगको कारणलाई सम्बोधन गरिएको छैन!
हुनसक्छ, त्यसैले धेरै चिकित्सकहरूले टाइप २ मधुमेहलाई दीर्घ रोग र निको नहुने प्रगतिशील रोग मान्छन्। कतै हामी बुझ्दै नबुझी गलत उपचारको शिकार त भएका छैनौँ?
के तपाईंलाई थाहा छ? हातखुट्टा झमझम गर्ने, खुटृा दुख्ने र पल्टने जस्ता न्युरोप्याथीका लक्षणहरुका कारण अनियन्त्रित मधुमेह भन्दा मेटफोर्मिन हुनसक्छ।
यदि हाम्रो शरीरमा ग्लुकोजको मात्रा धेरै अधिक छ भने, त्यसलाई ऊर्जाको लागि प्रयोग गरेर छुटकारा पाउनुहोस् वा शरीरभित्र नपठाउनुहोस्। तपाईंले खाएका कुनै पनि खानेकुरा लाई कलेजोले ग्लुकोजमा परिणत गर्न सक्छ। त्यसकारण, औषधिहरुको सहयोगले चिनीलाई रगतबाट (जहाँ हामी हेर्न सक्दछौं) सम्पूर्ण शरीरभित्र (जहाँ हामी हेर्न सक्दैनौं) सारेर नलुकाउनुहोस्।
प्रकार २ मधुमेह रोगबाट मुक्त हुन निम्न विधि अपनाउनुहोस्:
चिनीलाई अनाबस्यक रुपमा शरीरभित्र नपठाउनुहोस् र इन्सुलिनको मात्रा नियन्त्रण गर्नुहोस।(आफ्नो आहार परिवर्तन गर्नुहोस्)
- बेलुकीको अन्तिम खानापछि कम्तिमा १६ घण्टा पछि मात्रै कुनै पनि खानेकुरा खाने गर्नुहोस् ।
- दिनको पहिलो खाना पानीको मात्रा धेरै हुने काँचो सलादबाट सुरु गर्नुहोस् ।
- दिनभरिको खानाको आधा हिस्सा पानीको मात्रा धेरै हुने काँचो खानेकुरा (बिभिन्न फलफूल, कांक्रो, गोलभेंडा, मुला, गाँजर आदि) औषधि सम्झेर खानुहोस् ।
- बाँकी आधा खाना आफूलाई मन परेको खानेकुरा बिना दोषी भावना भरपेट खानुहोस् ।
- सकेसम्म तपाईंको जीज्यूबजैले चिन्ने खानेकुरा मात्र खानुहोस् ।
- पानी चपाउनुस् (पानीको मात्रा धेरै हुने खानेकुरा), खानेकुरा पिउनुहोस् (खानेकुरा राम्रोसँग चपाउने) ।
शरीरभित्रको चिनीलाई ऊर्जाको लागि प्रयोग गरेर जलाउनुहोस् (उपवास र व्यायाम)
उपवास शरीरभित्रको चिनीलाई ऊर्जाको लागि जलाउन सबभन्दा सजिलो र छिटो तरिका हो। उपवासले मोटोपन तथा शरीरको अनावश्यक बोसोलाई घटाउँछ। वैदिक कालमा मानिस प्राकृतिक खानपान, उचित निद्रा, उचित व्यायामका कारण प्रायः स्वस्थ नै रहन्थे। यदि केही कमी कमजोरी आएमा उपवास चिकित्सा गरेर पूर्णतः स्वस्थ रहन्थे । उपवासले सम्पूर्ण शरीरलाई स्वस्थ एवं दीर्घायु रहन धेरै सहयोग गर्छ ।
दैनिक बिहान खाली पेटमा व्यायाम गर्ने बानी बसाल्नुहोस्। बिहान खाली पेटमा व्यायाम गर्दा लगभग २०-३०% बढि फ्याट बर्न हुने गर्दछ । योगजस्तो व्यायामको लागि पनि बिहान खाली पेट सबैभन्दा उत्कृष्ट समय हो ।
पर्याप्त निद्रा तथा तनाव कम (शरीरभित्र एंटी-इन्फ्लामेट्री वातावरण सिर्जना गर्नुहोस्)
अनियमित निद्रा र निरन्तर रुपमा तनावको महसुस भयो भने रगतमा चिनीको मात्रा बढ्नुका साथै धेरै प्रकारका शारिरिक समस्याहरु हुन्छन् । अनियमित निद्रा र तनावले कर्टिसोल हार्मोनको उत्पादनमा वृद्धि हुन्छ । कर्टिसोल हार्मोनले शरीरमा चिनीको मात्रा बढाउँछ ।
मधुमेह निको हुन्छ भन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ, तर यो सत्य साबित भैसकेको छ ।
प्रकार २ मधुमेह रोगबाट मुक्त हुने उपाय सरल छ तर सजिलो छैन । यसको लागि आफ्नो बानी र जीवन शैली परिवर्तन गर्न प्रतिबद्धता, अनुशासन, निरन्तर प्रयास, सकारात्मक मनोवृत्ति र पारंपरिक बिचारलाई चुनौती दिनको लागि आंट र साहस चाहिन्छ।
हाम्रो दिमाग पैराशूट जस्तै छ, यदि यो खुला छैन भने यसले काम गर्दैन । सुगर रोगबाट मुक्त हुन दिमाग खुला हुन जरुरी छ ।
“मेटफर्मिन चक्की दिनमा दुई पटक खानुहोस् र भविष्यमा इन्सुलिनको सुइसम्म दिनुपर्ने अवस्था आउन सक्छ” भन्ने वाक्यांश मधुमेहका बिरामीका लागि नौलो नभएर औषधिहरू आजीवन सेवन गर्न तयार हुन्छन । तर, किन कसैले “तपाई केही महिनामा नै यो रोग निको पार्न सक्नुहुनेछ” भन्दा नौलो भएको भान हुन्छ?
यदि तपाईंलाई मधुमेह रोगबाट मुक्त हुन सहयोग चाहिन्छ अथवा तपाईं मधुमेह मुक्त नेपाल अभियानमा सहभागी भएर नेपाललाई बिश्वभर चिनाउन सहयोग गर्न चाहानुहुन्छ भने मधुमेह रिवर्स कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं।
यस जनचेतना कार्यक्रममा मधुमेह रोगबाट मुक्त गर्न को लागि चहिने शिक्षा, दिशानिर्देश, सहयोग र आवश्यक औजारहरु प्रदान गर्नेछौ।
जेन हेल्थकेयरमा, हाम्रा बिरामीहरूको समस्याहरू सुल्झाउने नै हाम्रो मुख्य प्राथमिकता र प्रतिबद्धता छ। हामीले सिकेको सीप र आर्जन गरेको ज्ञान लाई साझेदार बनाउनु पर्छ भन्ने विश्वास गर्छौं।
कृपया थप जानकारीको लागि नम्बर ९८६३९३५१३१ अथवा ०१-४३८१४२७ मा सम्पर्क गर्नु होला अथवा तलको फारम भरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
[qsm quiz=1]
प्रतिकृया दिनुहोस
टिप्पणी पोस्ट गर्नको लागि तपाई लग इन हुनुपर्दछ।