मधुमेह रोगको केही सामान्य संकेतहरू निम्न हुन्:

  • तिर्खा बढी लाग्नु
  • मुख सुक्ने
  • पिसाब बढी लाग्ने
  • पिसाबमा कमिला लाग्ने
  • दुब्लाउँदै जाने
  • आँखा धमिलो देखिने
  • हातखुट्टा झम्झमाउने
  • छालामा रुक्षता–खस्रो तथा संकोच (खुम्चिने) हुनु
  • थकावट हुने
  • लामो समयसम्म घाउ निको नहुने
  • यौन दुर्वलता हुने, आदि।

मधुमेहका कारण हृदयाघात, मतिष्कघात, अन्धोपन तथा मिर्गौला फेल हुने खतरा रहन्छ।