मधुमेह
प्राय: सोधिने प्रश्नहरू र जवाफहरू
रोगीको दिनचर्यासँग सम्बन्धित धेरै चीजहरूले उसका रगतमा शर्कराको स्तरलाई प्रभावित पार्न सक्छ। यिनमा प्रमुख हुन्–
- शारीरिक श्रमको अभाव
- आहार नियन्त्रणको अभाव
- कतिपय औषिधीहरू
- तनाउ, र
- सङ्क्रमण
माथिका कारणहरूले रगतमा शर्कराको स्तर बढेर मधुमेहलाई अनियन्त्रित पार्न सक्छ।
प्रारम्भिक अवस्थामा यसका प्राय: कुनै विशेष लक्षण देखिँदैनन् तर जब रगतमा शर्कराको स्तर बढन थाल्दछ तब निम्नलिखितमध्ये कुनै एउटा वा धेरै लक्षण देखिन सक्छन्–
- आँखाका लेंसको आकार फेरिनु जसले गर्दा नेत्रज्योति धमिलो हुन थाल्दछ।
- रगतमा शर्कराको स्तर बढनाले बाहिरी संक्रमणको प्रति शरीरको रक्षा तन्त्र कमजोर हुन्छ परिणामस्वरूप छाला, पेसाबर फोक्सोमा सङ्क्रमण हुन्छ।
- पेसाबको प्रवाह बढेर पटक-पटक पेसाब फेर्न जानु पर्छ।
- पटक-पटक पेसाब फेर्नाले शरीरमा सञ्चित द्रव खर्च हुन थाल्दछ। त्यसैले तिर्खा लाग्दछ किनकि खर्च भएको द्रवको पूर्ति गर्न सकियोस्।
- पटक-पटक पेसाब गर्नाले शरीरका लागि आवश्यक पर्ने धेरै रसायनिक पदार्थ शरीरबाट बाहिर निस्कन्छ फलतः शरीरमा थकाइ, कमजोरी रखुट्टामा ऐठन हुन थाल्छ तथा वजन पनि घट्न थाल्दछ।
- शरीरबाट अत्याधिक मात्रामा द्रव निस्कँदा निर्जली करणको स्थिति आइ पर्छ। सास फेर्दा रोकिन थाल्दछ तथा कुनैबेला रोगी मुर्छा पर्छ।
मधुमेह एउटा यस्तो रोग हो जसका जटिलताहरू अत्यन्त धेरै छन्। यी जटिलताहरू रहिरह्यो भने रोगीलाई धेरै हानि गर्दछ यी जटिलताहरूमध्ये प्रमुख हुन्–
- रोगीलाई बारम्बार सङ्क्रमण हुनु
- घाउ हुँदा सजिलै निको नहुनु
- दृष्टि पटल विकृति हुनु
- तन्त्रिका विकृति हुनु
- मधुमेह कीटन अम्ल्यता
- मुटुको बाह्यिक विकृति
- पेसाब मार्गको सङ्क्रमण
मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ । बोलिचालीको भाषामा ‘सुगर’ अर्थात रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो ।
मधुमेह रोगको प्रमुख विशेषता नै मानिसको रगतमा ग्लुकोज (सुगर) को मात्रा खाना खानुअघि या खाएपछि वा दुवै अवस्थामा तोकिएको मात्रा भन्दा बढी देखिनु हो। मानिसको शरीरमा प्याङक्रियाज भन्ने ग्रन्थी हुन्छ, जसले इन्सुलिन होर्मोन उत्पादन गर्छ। इन्सुलिनको मुख्य काम भने रगतमा भएको अधिक ग्लुकोजलाई मांशपेशी वा कलेजोभित्र पठाउनु हो। मधुमेह रोगमा सो ग्रन्थीबाट कम मात्रामा इन्सुलिन होर्मोन निस्किन्छ अथवा इन्सुलिन होर्मोनको कार्यक्षमतामा नै कमी आउँछ, जसको कारण सुगरको मात्रा रगतमा बढी हुन जान्छ।
यो रोग लागेपछी यो खाने, त्यो नखाने भन्ने कुरोले सधैं मनमा जरो गाडीरहन्छ। चिन्ता नगरेर पनि भएन, रोग हो ज्यानै लिन पनि सक्छ ।
रगतमा ग्लुकोजको मात्रा धेरै देखिएपछिको अवस्था मधुमेह हो ।
- रगतमा ग्लुकोजको मात्रा सामान्य हुन फास्टिङ् अर्थात् खाली पेट भएको ८ घण्टामा नापिन्छ, यो १०० भन्दा कम हुनुपर्छ ।
- खाना खाएपछिको समयमा अर्थात पिपि जसलाई खानाको पहिलो गाँस मुखमा परेको २ घण्टामा मापन गरीन्छ, यो १ सय ४० भन्दा कम हुनुपर्छ । यो स्तर १ सय ४० देखि १ सय ७० मा पुग्छ भने अत्तालिनु पर्ने केहि छैन । किनभने यत्तिका ब्लड सुगर लेभल नियन्त्रण गर्न सकिन्छ ।
- तर जसको मधुमेहको मात्रा खाना अघि १०० देखि १२६ मा छ र खाना पछि १४० देखि २०० छ भने ती मानिस भविष्यमा मधुमेहको बिरामी हुन सक्छन् ।
- जब सुगर लेभल २ सयदेखि ३ सयभन्दा बढी हुन्छ भने, उपचार खाँचो हुन्छ ।
- ब्लड सुगर लेभल ४ सय मिलिग्रामभन्दा बढी भयो भने यो गंभिर समस्या हो ।
- यदि समयमै मधुमेहलाई नियन्त्रण गरिएन भने यसले अन्य रोगलाई जन्म दिन्छ ।
Many experts believe that Type 2 Diabetes is a chronic disease, so it may be more accurate to use the term remission rather than cure, particularly when considering the cause of type 2 diabetes and the fact that relapse is always possible.
DiRECT (short for Diabetes Remission Clinical Trial) has been testing a new approach to putting Type 2 diabetes into remission in just over 300 people with Type 2 diabetes.
The study found there was a close link between remission and total weight loss. 86% of people who lost more than 15kg on the programme put their Type 2 diabetes into remission after a year. As did 57% of those who lost 10 to 15kg, along with 34% of those who lost 5 to 10 kg. In the comparison group, where people with Type 2 diabetes received standard care, only 4% achieved remission.
What’s Type 2 diabetes remission? Remission doesn’t mean that Type 2 diabetes is gone for good. It means that blood glucose levels have returned to a healthy range again. In this trial, the team defined remission as having blood glucose levels (HbA1c) below 6.5% (48mmol/mol) after 12 months, with at least two months without any Type 2 diabetes medications.
Even American Diabetes Association admits that, Type 2 Diabetes Remission Without Surgery Does Happen—But Very Rarely.
In a consensus statement issued by the American Diabetes Association (ADA), remission is defined based on the following:
- Partial remission: Maintenance of blood glucose below diagnostic levels without diabetes medication for at least one year.
- Complete remission: Normal blood glucose without diabetes medication for at least one year.
- Prolonged remission: Complete remission for at least five years duratio
Yes, definitely. Apart from weight loss, you can expect to be free from the typical longer term complications of diabetes such as strokes, heart attack, erectile dysfunction, renal failure, nerve pain, blindness, foot sores, ulcers and amputations.
Visceral obesity is a major risk factor for diabetes; therefore, it is crucial to identify visceral adiposity. Visceral obesity, is associated with an increased risk of metabolic diseases, such as dysglycemia (pre-diabetes and type 2 diabetes), dyslipidemia, hypertension, and cardiovascular disease.
Magnetic resonance imaging (MRI) and computed tomography (CT) are the gold standard for determining visceral obesity. However, they are unsuitable for clinical practices because they are time-consuming, costly and harmful.
Visceral Adiposity Index can replace imaging procedures with the advantages of reduced economic burden and can be used as screening tool for surveillance of cardiometabolic risk in Indian population.
The simplicity of WC and BMI measurement and TG and HDL assessment, make Visceral Adiposity Index an easily applicable index to estimate visceral adiposity.
Visceral Adiposity Index is calculated as following (both TG and HDL-C expressed in mmol/L):
Males: VAI=(WC/39.68+(1.88×BMI))×(TG/1.03)×(1.31/HDL−C)
Females:VAI=(WC/36.58+(1.89×BMI))×(TG/0.81)×(1.52/HDL−C)
Chinese VAI, a better index is calculated by the following formula:
Males: CVAI=−267.93+0.68×age+0.03×BMI+4.00×WC(cm)+22.0×Log10TG−16.32×HDL−C;
Females: CVAI=−187.32+1.71×age+4.23×BMI+1.12×WC(cm)+39.76×Log10TG−11.66×HDL−C.
With the increasing prevalence of obesity, type 2 diabetes, and related metabolic disorders, NAFLD has become an important public health concern in Asia.
The Fatty Liver Index is a simple and accurate predictor of nonalcoholic fatty liver disease (NAFLD) in in the general population. The “fatty Liver index” (FLI) is accurate and easy to employ as BMI, waist circumference, triglycerides and GGT are routine measurements in clinical practice.
A recent Korean study indicates that Fatty Liver Index , a simple surrogate measure of hepatic steatosis, is a useful and easily accessible tool for identifying individuals at high risk for DM.
Generally, a Fatty Liver Index < 30 ruled out and a Fatty Liver Index ≥ 60 ruled in hepatic steatosis as detected by ultrasonography. A chinese study in 2015 validated the accuracy of the Fatty Liver Index for predicting NAFLD in a large general Chinese population, and determined that the optimal cut-off point of the Fatty Liver Index for NAFLD was 30 in middle-aged and elderly Chinese.
The formula that calculates the probability of fatty liver disease occurrence is:
FLI = (e 0.953*loge (triglycerides) + 0.139*BMI + 0.718*loge (ggt) + 0.053*waist circumference – 15.745) / (1 + e0.953*loge (triglycerides) + 0.139*BMI + 0.718*loge (ggt) + 0.053*waist circumference – 15.745) x 100
The Triglycerides/Glucose (TyG) index is a simple, cost-effective surrogate marker of insulin resistance among adolescents compared with HOMA-IR.
The TyG index is calculated as: [triglycerides (mg dl−1) × fasting glucose (mg dl−1)/2]. IR was defined using HOMA-IR >95th percentile for age and sex. The cut-off of the TyG index for diagnosis of insulin resistance was 8.18.
प्रकार 2 मधुमेहको लागि टाइप 1 मधुमेहमा परिवर्तन गर्न सम्भव छैन, किनभने दुई सर्तहरू फरक कारणहरू छन्।
एक व्यापक मिथकले सुझाव दिन्छ कि टाइप 2 मधुमेह भएका मानिसहरु 1 मधुमेह विकसित गर्न सक्छन् जब इन्सुलिन लिन्छ। यो सही छैन।
शोधकर्ताहरूले अझै LADA मधुमेहका कारण विवरणहरू खोजिरहेका छन्, तर सामान्यतया, LADA मधुमेह वयस्क मा विकास हुने प्रकार १ मधुमेह जस्तै हो।
प्रायः मानिसहरू मा हुन्छन् जो अधिक वजन छैन
प्रायः मानिसहरू मा हुन्छन् जुन अन्य मेटाबालिक मुद्दाहरू छैनन्, जस्तै उच्च रक्तचाप र उच्च ट्राइग्लिसराइड्स
एटलेडको लागि सकारात्मक कोशिकामा आइलेट सेलहरू विरुद्ध
LADA मधुमेहको लक्षण टाइप 2 मधुमेह को समान हो, जसमा:
अत्यधिक प्यास
अत्यधिक आग्रह
धमिलो दृष्टि
रगत मा उच्च स्तर को चीनी
मूत्र मा चीनी को उच्च स्तर
सुख्खा छाला
थकान
हात या खुट्टा मा टिंगलिंग
लगातार मूत्राशय र छाला संक्रमण
यसको अतिरिक्त, LADA मधुमेहको उपचार टाइप 2 मधुमेहको जस्तै समान छ।
मधुमेहले ५ वटा दीर्घकालीन प्राणघातक परिणाम जन्माउन सक्दछ । ती हुन् हृदयाघात (हर्ट अट्याक),मस्तिष्कघात (स्ट्रोक
मधुमेह एक दिर्घ रोग हो जुन रगतमा ग्लुकोजको मात्रा निरन्तररुपमा सामान्य भन्दा बढि हुनगई मुटु, रक्तनली, आँखा, मृगौला तथा नशाहरुमा गम्भिर असर पुग्दछ ।
लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू (कार्डियोभास्कुलर डिजिजेज), स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू पर्दछन्।
किनकी, हामी अझै पनि रगतको ग्लूकोज कम गर्नमा मात्र ध्यान दिन्छौ। किनकी, सख्त ग्लुकोज नियन्त्रण भन्दा इन्सुलिनको मात्रा कम हुनुपर्छ।
सन २००८ मा ACCORD (मधुमेहमा हृदय रोग जोखिम नियन्त्रण गर्ने) अध्ययनको परिणामले बिल्कुल स्पष्ट भयो, रगतमा ग्लूकोज कम गर्ने औषधिहरु मधुमेह रोग भन्दा बढी खतरनाक हुन्छ!
किनकी, सख्त ग्लुकोज नियन्त्रण भन्दा इन्सुलिनको मात्रा कम हुनुपर्छ। बेलायतमा टाइप १ मधुमेह रोग लागेपछि ५० वर्ष भन्दा बढी बाच्ने रोगिहरुको औसत HbA1C 7.6% छन र केहिको 8.5-9.0% छन।
किनभने यिऔषधिहरूले मधुमेहको कारण लाई सम्भोदन नगरिकन लक्षण लाई मात्र सम्भोदन गर्छ। के तपाईले कहिले सुन्नु भएको छ, वास्तवमा कसैको स्वस्थ सप्रेको जब एकपटक उनीहरु मधुमेह औषधिहरू प्रयोग गर्न थालेपछी, पूरा औषधि निर्भरता को बाहेक?
यसैले पारंपरिक डाक्टरहरूले यो रोग लागि सकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाकि रहन्छ भन्छन । यो झूट छ ।
सकिन्दैन, किनभने टाइप 2 डायबिटीजमा शरीरले धेरै इन्सुलिन उत्पादन गर्छ। के रक्सि बढि सेवन गर्नाले, रक्सिको लत हटाउन सकिन्छ?
किन भने टाइप 1 मधुमेहमा इन्सुलिनको मात्रा एकदम कम हुन्छ र टाइप 2 मधुमेहमा इन्सुलिनको मात्रा धेरै हुन्छ। लक्षण एउटै हो, तर रोगका कारण विपरीत छन। त्यसोभए एउटै किसिमको उपचार कसरी दुवै अवस्थामा फाइदाजनक हुन सक्छ?
मधुमेह दुई प्रकारको हुन्छन् । टाइप 2 मधुमेह, अनियमित खानपान र जीवनशैलीका कारण ब्लड सुगरको मात्रा नियन्त्रण गर्ने शारीरिक क्षमता ह्रास भएर हुन्छ। र अर्को प्रकारको टाइप 1 मधुमेह भने, हाम्रो शरीरको रोग प्रतिरोध क्षमताले नै ब्लड सुगर नियन्त्रण गर्ने अंग निस्क्रिय बनाइदिन्छ।
के हामी निष्क्रिय(hypothyroidism) र अधिक सक्रिय(hyperthyroidism) थाइरोइडको लागि एउटै किसिमको उपचार गर्दछौं? के हामी गर्मीमा र जाडोमा एउटै किसिम को लुगा लगाउँछौ?
किनभने, इन्सुलिन टाइप 2 डायबिटीजको (दोस्रो प्रकारको मधुमेह) कारण हो र इन्सुलिनले टाइप 1 डायबिटीजको उपचार गर्छ ।
टाइप १ मधुमेहको रोगिको हकमा प्याक्रियाज ले इन्सुलिन उत्पादन नै नगर्ने वा न्युन मात्रै गर्ने भएकोले बाह्य इन्सुलिन को माध्यम बाट नै उपचार गर्नु पर्ने हुन्छ ।
यदि तपाईं आफ्नो मधुमेह पूर्ण रुपमा निर्मूल गर्न चाहनुहुन्छ भने, तपाईंले आफ्नो इन्सुलिनको मात्रा थाहा पाउनु र नियन्त्रण गर्नुपर्छ।
इन्सुलिनले टाइप 1 डायबिटीजबाट बचाउछ। इन्सुलिन टाइप 2 डायबिटीजको कारण हो।
किनभने शरीर मा इन्सुलिन हुँदा हुँदै पनि शरीर का कोषहरु ले इन्सुलिन प्रति आवश्यक प्रतिक्रिया जनाउन सक्दैनन् । टाइप टू मधुमेह, इन्सुलिनको प्रतिरोध का कारण उत्पन्न हुने समस्या हो । जब हामी (दोस्रो प्रकारको मधुमेह) टाइप 2 डायबिटीजको मुल कारण इन्सुलिन प्रतिरोध (धेरै बर्ष रगतमा इन्सुलिनको मात्रा बढ्नाले) हो भन्ने जान्छौ, तब हामी मधुमेह बाट मुक्त हुने बाटोमा यात्रा सुरु गर्न सक्छौ।
यदि, मधुमेहलाई रगतमा रहेको चिनीको समस्याको रूपमा मात्र हेर्ने हो भने, न त यो रोगको चाँडै निदान (डायग्नोसिस्) गर्न सकिन्छ, न निर्मुल पार्न सकिन्छ।
किनकि यि औषधिहरूले हामीले हेर्न सक्ने ठाउँबाट (रगत) हेर्न नसक्ने ठाउँमा (सम्पूर्ण शरीर) चिनी सार्छ र हामी चिन्ता नलिकन धुक्क सँग बस्छौ।
यदि रगतमा चिनी विषाक्त हुन्छ भने, यो किन शरीर भित्र विषाक्त हुँदैन?
हुनसक्छ, किनकि यि औषधिहरूले शरीरलाई जबर्जस्ती चिनी थुपार्न बाध्य गर्छ, जस्तै सानो बच्चालाई धम्काएर, फकाएर जबर्जस्ती खान बाध्य गर्छौ?
रगतमा भएको चिनीको मात्रा घटाउने औषधिहरूले शरीरलाई जबर्जस्ती चिनीलाई बोसो को रुपमा थुपार्न बाध्य गर्छ, र तिनीहरूले त्यो बोसोलाई ऊर्जाको रूपमा प्रयोग गर्ने क्षमतालाई बन्द गर्छ।
हुनसक्छ, किनकि यि औषधिहरूले सम्पूर्ण शरीरमा जबर्जस्ती ग्लुकोज धकेलेर थुपार्न बाध्य गर्छ, जस्तै धकालने मान्छेहरु लाई काममा लगाएर रेलगाडी भित्र यात्री हरुलाई जबर्जस्ती छिराउन खोज्छ।
हुनसक्छ, किनकि यि औषधिहरूले शरीरमा ऊर्जा संकट सिर्जना गरेर ब्लड सुगर घटाउँन बाध्य गराउन्छ। उदाहरणका लागि मेटफर्मिनले शरीरमा ऊर्जा उत्पादन गर्ने कारखानालाई क्षति पुर्याउँछ र फलस्वरूप
ऊर्जा उत्पादन गर्ने क्षमता घटछ (लोड शेडिंग)। कलेजोलाई ग्लुकोज उत्पादन (धेरै ऊर्जा खर्च हुने प्रक्रिया) कम गर्न बाध्य हुन्छ र फलस्वरूप रगतमा सुगर को मात्रा घटछ
गर्भावस्थाका सुरुकै दिनहरूमा मधुमेह नियन्त्रित नभएमा शिशुको शारीरिक बनावटमा असर हुन्छ । मधुमेहकै कारण विकलांग बच्चा जन्मिने खतरा हुन्छ । बच्चाको मुटु, दिमाग र ढाडमा सीधै असर गर्न सक्छ ।
गर्भवती महिलामा मधुमेह लाग्दा गर्भपात हुने सम्भावना अत्यधिक हुन्छ । गर्भावस्थाका पछिल्ला महिनाहरूमा शिशुलाई पोषण अत्यधिक बढी भएर शारीरिक तौल बढ्न पुग्छ । बच्चा सामान्यभन्दा बढी तौलको हु“दा प्रसवकालमा चोटपटक लाग्ने, सामान्य तरिकाले जन्मिन नसकेर अप्रेसन गर्नुपर्ने तथा शिशुको मृत्यु नै हुन सक्ने जोखिम रहन्छ ।
मधुमेह रोग लागेका महिलाको पेटमा भएको बच्चा जन्मिएपछि पनि मृत्यु हुन सक्ने खतरा रहन्छ । समय नपुग्दै बच्चा जन्मिने सम्भावना बढी हुने भएकाले मृत्युको खतरा उच्च हुन्छ । जन्मिनेबित्तिकै नवजात शिशुमा चिनीको मात्रा धेरै घटेर कम्पन हुने वा बेहोस हुने हुन्छ ।
मधुमेहरोगी आमाको पेटमा रहेको बच्चा जन्मिनेबित्तिकै श्वासप्रश्वासमा पनि समस्या देखिन सक्छ । यस्ता शिशुलाई कृत्रिम श्वास दिनुपर्ने हुन सक्छ । यस्तो समस्या धेरैजसो समय नपुग्दै जन्मिने बच्चामा देखिन्छ ।
गर्भवती महिलालाई मधुमेह भएमा बच्चालाई हुने प्रवल सम्भावना भएकाले आउने पिढीको भविष्य अन्धकार हुनबाट बचाउन सरकारले आफ्नो स्वास्थ्य कार्यक्रममा यसका बारेमा प्रभावकारी जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्छ
रगतमा उच्च ग्लुकोज लेभल भएपछि रगत बाक्लो र टाँसिने हुनपुग्छ । त्यसैले शरीरभरि रगत पम्प गर्न मुटुलाई भार पर्छ । यसले आर्टरीको भित्तामा असर गर्दछ । चिल्लो जम्ने क्रमको विकास गर्न सक्दछ । मुटु रोगका जोखिमका तत्ववहरू धूमपान, उच्च रक्तचाप र रगतमा उच्च कोलेस्ट्रोलबाट हुने नोक्सानलाई मधुमेहले अरू बढाउँदछ । टाइप २ मधुमेह भएको मान्छेको प्रायः ट्राइग्लिसराइड बढी र एचडीएल कोलेस्ट्रोल कम हुन्छ । मधुमेह भएको मान्छेलाई रक्तचाप हुने बढी सम्भावना हुन्छ । मधुमेहले मुटुको मांसपेशीलाई असर गर्न सक्छ र रगत पम्प गर्ने क्षमतामा ह्रास आउन सक्छ । मधुमेहले मुटुको स्नायुलाई असर पार्न सक्छ । त्यसैले एन्जाइनाको लक्षणहरूमा फरक पर्न सक्छ । यसले इन्जाइना र हृदयाघात पत्ता लगाउन ढिलो हुन सक्छ ।
मोटोपन हटाऔं, क्रियाशील बनौः स्वस्थ्यकर वजन राख्नाले रक्तचाप कम हुने र मुटुलाई कम काम गर्ने बनाउँदछ, यसले कोलेस्ट्रोल घटाउँदछ र मधुमेहको विकास हुने जोखिमलाई कम गराउँदछ ।
फलफूल र सब्जी र स्वास्थ्यकर खानपिनले मधुमेहको जोखिमलाई कम गर्दछ ।
धूमपान छोडौः धूमपानले विभिन्न किसिमका क्यान्सर, श्वासप्रश्वास, उच्च रक्तचाप र मुटुको रोगलाई निम्त्याउछ । धूमपान त्याग्नु नै स्वास्थ सुधार्नु हो ।
उच्च रक्तचाप नियन्त्रण गरौः मधुमेह भएको मान्छेलाई प्रायशः उच्च रक्तचाप हुने गर्दछ । यसलाई नियन्त्रण गर्नु जरुरी छ । चिन्तालाई कम गरौः चिन्ता अहिले संसारमा मान्छेको स्वास्थ्यमा जोखिम बढाउने प्रमुख कारण हो ।
जापानस्थित टोकियो विश्वविद्यालयका शोधकर्ताहरुद्धारा गरिएको नयाँ अध्ययनलेे दिउँसो नसुत्ने मानिसको तुलनामा ६० मिनेट भन्दा बढी समयसम्म सुत्ने मानिस र ४५ प्रतिशत टाइप २ मधुमेहको बीच सम्बन्ध फेला पारेको थियो जुन ४० मिनेट भन्दा कमको सुत्ने मानिसमा नभेटिएको बताउँछन् ।
निद्राको गडबढी, सामाजिक जीवनशैली तथा व्यस्त जीवनले पनि टाइप २ मधुमेहको जोखिम बढाउन सक्छ । तर यसका बाबजुद यो पनि सम्भावना छ कि जो मानिस कम स्वस्थ्य छ तथा मधुमेहको प्रारम्भिक चरणमा छन्, उनीहरु दिउँसोको समयमा धेरै सामयसम्म सुत्न रुचाउँछन् । त्यसको विपरित थोरै समयको सुताईले शरीरमा सतर्कता तथा स्फुर्तीको वृद्धि गराउने उक्त अध्ययनलेे बताउँछन् ।
- परिवारका सदस्यमा मधुमेह भएको अवस्थामा ।
- शरीरको तौल बढी भएमा वा बी.एम.आई. (शरीरको तौल, केजी, उचाइ (मिटर) २) २२.९ भन्दा कम बढी भएमा ।
- कम्मरको गोलाई पुरुषको ९०. से.मि (३५.५) र महिलाको ८० से.मि (३१.५) भन्दा बढी भएमा ।
- निष्क्रिय जीवनशैली एवम् शारीरिक व्यायाममा कमी भएमा ।
- गर्भवती अवस्थामा मधुमेह भएमा ।
- रगतमा चिल्लोको मात्रा बढी भएमा ।
- उच्च रक्तचाप भएमा ।
- मानसिक तनाव एवम् चिन्ता बढी भएमा ।
मधुमेह भएका रोगीलाई मस्तिष्कघात, हृदयघात, अन्धोपन, स्नायुसम्बन्धी समस्या र मिर्गाैलासम्बन्धी समस्या निम्त्याउन सक्छ
२०७४ सालको तथ्यांकअनुसार हाल नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात करिव २५ लाख मानिसमा मधुमेहको समस्या रहेको अनुमान छ ।
ग्लोबल हेल्थ एक्सनमा प्रकाशित डा. ज्ञवाली एण्ड अल गरेको एक अध्ययन अनुसार नेपालमा कुल ३० हजार जनसंख्यामध्य करिब ४१ दशमलव ५ प्रतिशत पुरुष तथा ५८ दशमलव ५ प्रतिशत महिला मधुमेह रोगबाट पिडित छन् ।
त्यस्तै, मधुमेहको जाखिम शहरी क्षेत्रमा ८ प्रतिशत तथा ग्रामिण भेगमा एक प्रतिशत रहेकोमा मधुमेहमध्य पनि टाइप २ मधुमेहको जोखिम १ दशमलव ४ प्रतिशतदेखि १९ प्रतिशतसम्म रहेको पाइएको छ ।
नेपालमा १० लाख मानिसमा मधुमेह रोग रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्लो समयमा नेपालमा करिब ५१ प्रतिशत बिरामी नसर्ने रोगका रहेका र त्यसमा मधुमेह रोगका बिरामी १५ प्रतिशत हुने गरेका छन् ।
नेपाल सरकारले मधुमेह रोगका विरामीलाई भनेर छुट्टै कार्यक्रम ल्याउन सकेको छैन । मधुमेह रोगको रोकथामका लागि सरकारी स्तरमा थुप्रै कामहरु गर्नु पर्ने देखिन्छ । ग्रामीण क्षेत्रका मानिसमा अझै मधुमेह रोगबारे उचित चेतना अभिवृद्धी गर्न सकिएको छैन ।
उदाहरणका लागि, गर्भावस्थामा हुने मधुमेहको नियन्त्रणका लागि सरकारले प्रत्येक अस्पताल तथा प्रसुती गृहले मधुमेह विशेषज्ञको बन्दोबस्त गर्नुपर्छ ।
नेपाल सरकारले मधुमेह न्यूनिकरण गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वयगरी जनचेतनामुलक कार्यक्रम सञ्चारमाध्यमबाट प्रचार प्रसार गर्नुपर्छ ।
नेपालमा पछिल्लो समय महिलामा पुरुषलाई भन्दा मधुमेह अर्थात सुगरको रोग बढ्दै गएको तथ्याङ्कले देखाएको हो । ४१ प्रतिशत पुरुषलाई मधुमेह देखिंदा महिलामा यो ५८ प्रतिशत छ ।
जबकि मध्यम मात्रामा मदिरा सेवनले रगतमा सुगरको लेभल बढन सक्छ, तर अधिक मात्रामा मदिरा सेवनले वास्तवमा तपाईंको रगतमा सुगरको लेभल कम गर्न सक्छ।
जुन व्यक्तिले हप्तामा तीन देखि चार पटकसम्म मदिरा सेवन गर्छन् उनीहरुलाई कहिल्यै मदिरा सेवन नगर्ने व्यक्तिहरुलाई भन्दा टाईप २ मधुमेह रोग लाग्ने सम्भावना कम रहेको डेनमार्कका अनुसन्धानकर्ताहरुले जनाएका छन्।
रगतमा चिनीको मात्राको व्यवस्थापन गर्ने सम्भावनाका कारण खासगरि वाइनको सेवन फाइदाजनक हुनसक्ने डायवेटोलोजियामा प्रकाशित उक्त अध्ययनमा भनिएको छ।
अनुसन्धानकर्ताहरुले ७० हजार मानिसहरुलाई उनीहरुले सेवन गर्ने मदिराको परिमाण र उनीहरुले कतिचोटी पिउँछन् भन्ने बारे सोधपूछ गरेका थिए।
तर विशेषज्ञहरुले यसलाई तोकिएको परिमाण भन्दा बढी मदिरा सेवन गर्न अनुमती मिलेको रुपमा नलिन भनेका छन्।
मदिरामध्ये विशेषगरि रेड वाइनमा हुने पोलीफेनल्स पदार्थका कारण त्यसको सेवनले रगतमा चिनीको मात्रा व्यवस्थापन गर्न फाइदाजनक हुनसक्ने बताइएको छ।
हप्तामा कम्तिमा एउटा वियर खाने पुरुषको तुलनामा ६ वटासम्म वियर सेवन गर्ने पुरुषलाई मधुमेहको जोखिम २१ प्रतिशतले घटेको तथ्य अध्ययनवाट फेला परेको छ। तर महिलाहरुमा भने यसको त्यस्तो कुनै प्रभाव देखिएन।
आँखाको दृष्टि पर्दालाई रेटिना भनिन्छ जसमा आउने समस्या नै रेटिनोप्याथी हो। बढ्दो उमेर, उच्च रक्तचाप र मधुमेहले रेटिनामा बिस्तारै असर पुर्याउँदै गइरहेको हुन्छ। मधुमेहले आँखाको पर्दामा पार्ने असरलाई डायवेटिक रेटिनोप्याथी भनिन्छ। जसको कारणले दृष्टि धमिलो हुनुका साथै दुष्टि गुम्न पनि सक्दछ।
नेपालमा मधुमेहका रोगीहरुको बढ्ने क्रमसँगै मधुमेहसँग जोडिएको डायबेटिक रेटिनोप्याथी पनि बढेको देखिएको छ। मधुमेह रोग लागेपछि आँखाको जाँच पनि गराउनुपर्छ भन्ने धेरैलाई थाहा छैन। मधुमेहको औषधी मात्र खाएर बसिरहेका छन्, जसका कारण डायबेटिक रेटिनोप्याथी बढेको छ। मधुमेह भएका व्यक्तिमा आँँखाको समस्या दुई गुणाले बढी हुन्छ।
डायबेटिक रेटिनोपैथीका लक्षणहरु मधुमेह भएलगत्तै सुरुमै देखिँदैन त्यसैले पनि सचेत हुन जरुरी छ। मधुमेह भएको धेरैपछि पनि समयसमयमा आँखा जाँच नगराउँदा झनै जोखिम बढ्दै जाने हुन्छ। दृष्टि क्षमता कम हुँदै गएको आभास हुने, धमिलो देखिने, आँखाको अगाडि कालो थोपा ( भुसुना) जस्तो देखिने, आँखाअगाडि छायाँ देखिने, आदि लक्षणहरु देखापर्न सक्छन्।
मधुमेह निगरानी परीक्षणमा क्रमशः निम्न टेस्टहरु पर्दछन्:
१. फास्टिङ तथा पोस्ट प्रान्डल ब्लड ग्लुकोज लेवल परीक्षण
२. ग्लाइकोसिलेटेड हेमोग्लोविन परीक्षण
३. लिपिड प्रोफाइल
४. पिसाब माइक्रो आल्बुमिन्युरिया र अन्य
५. बल्ड युरिया नाइट्रेड
६. क्रियाटिनन
७. मुटु परीक्षण (इको, टीएमटी, इसिजी)
८. आँखा परीक्षण
९. मृगौला परीक्षण (किटोन बडी, ब्लड युरिया नाइट्रेट, क्रियटिन, माइक्रो आल्वुमेन्यरोया)
१०. खुट्टा परीक्षण
पिसावको जाँचले पनि ब्यक्तिलाई मधुमेह भएको देखाउन सक्दछ । पिसावको जाँचमा strips प्रयोग गरिन्छ । पिसावमा चिनी भएमा रङ परिवर्तन गर्दछ । व्यक्तिले पिसाव गर्ने बित्तिकै जाँच गर्नुपर्छ । जाँचका लागि भोको बस्नुपर्दैन
तर पिसावको जाँच गर्दा मधुमेह छ की छैन पूर्ण थाहा पाईंदैन किनकी पिसावमा चिनीको मात्रा देखाउन रगतमा चिनीको तह धेरै माथि बढ्नुपर्दछ (१० mmol/l अथवा १८० mg/dl) । यदि पिसावको जाँच गर्दा मधुमेह नदेखिएपनि मधुमेह हुने सम्भावना छ भने रगतको जाँच गराउनुपर्छ ।
हाम्रो खानेकुरा र हाम्रो जिवनशैली सँगै केही रसायनहरुले पनि मधुमेह गराउँदछन् । तल उल्लेखित रसायनहरुको संशर्गमा आउँदा, खाँदा, पिउँदा वा श्वासप्रश्वास गर्दा मधुमेहको जोखिम बढ्न सक्दछ । तल दिइएका कुनै पनि रसायनहरुसँग काम गर्दा, खाँदा, सास लिंदा मधुमेहको जोखिमलाई बढाउँछ ।
- डाइअक्सिनहरु किरा मार्ने विषादीहरु एवं कागज बनाउँदा र प्लाष्टिकहरु जलाउँदा उत्पन्न हुन्छन् ।
- पि.सि. वि. हरु उद्योगमा इन्सुलेसन र चिल्लो पार्ने काम (लुब्रिकेशन) का लागि प्रयोग गरिने एक प्रकारका रसायनहरु हुन् ।
- Phthlates प्रायःजसो शरीरको हेरचाहमा प्रयोग हुने क्रिम र तेलहरुमा पाइन्छ ।
- Bisphenols’ वोतलयुक्त पानी, जुस र सोडामा प्रयोग हुने प्लाष्टिक बोतलहरुमा पाइन्छ ।
- गहुँगों धातुहरु (लिड, मर्करी, आर्सेनिक र क्याड्मियम जस्ता) तेल ड्रिलिङ (प्वाल पार्ने) र रिफाइनिङ (शुद्ध बनाउने), माइनिङ (खानी उत्खनन) र अन्य किसिमका उद्योगबाट वातावरणमा छोडिन्छन् ।
यि रसायनहरुबाट जोगिन तिनको प्रयोग सकेसम्म गर्नुहुँदैन । यदि कसैको कार्यस्थलमा यस्ता रसायनहरु छन् भने तिनबाट सुरक्षित रहन अनुहारमा लगाउने मास्क र अन्य सुरक्षा दिने लुगा लगाएर हातहरु वेलावेलामा पखाल्नुपर्छ ताकी खानेकुरा र मुखमा रसायनहरु प्रवेश नगरुन् ।
रसायनहरु हाम्रो वरीपरि सबैतिर छन् । सकेसम्म जिवनाशक विषादीहरु नछरिएका खानेकुराहरु खानुपर्छ । रसायनहरु नभएका वा थोरै मात्र भएका घरायसी सरसफाई सामग्रीहरु (क्लिनर्स) को प्रयोग गर्नुपर्छ ।
मधुमेह र उच्च रक्तचाप जस्ता मुटु सम्वन्धि समस्याहरुले विशेष गरी धनी मुलुकहरुका जनतालाई असर गर्दथ्यो । अहिले न्यून आय भएका मुलुकहरुमा समेत यि समस्याहरु छन् । परम्परागत जिवन पद्धतीमा आएको परिवर्तन र परिवारको विघटन सँगै यि समस्याहरु आउँदछन् । पत्रु खाना, नयाँ रसायनहरु, अस्वस्थ जिवनशैली र कम ब्यायामले गर्दा तिनले मधुमेह र अन्य जीर्ण रोगहरुको जोखिम बढाइदिन्छन् । नेपालमा अहिले युवा अवस्थामा नै मधुमेह देखिने कारण नै अस्वस्थकर भोजन र हिंडाई एवं व्यायामको कमी हो ।
अहिले शहरमा बसाइसराइ गरेपछि माइक्रोबस, ट्याम्पुको सुविधा छ, त्यसैले मानिसहरु धेरै हिंड्दैनन् । काम पनि धेरैजसो बसेर नै गर्छन् र खाना पनि पत्रु खाना खान्छन् ।
प्याक गरिएका खानेकुराहरुमा धेरै चिनी र नुन हालिन्छ । लागु औषध वा चुरोटहरु जस्तै यि खानेकुराहरुले केही समयका लागि आनन्द दिन्छन् । तर पछि स्वास्थ्य खराब हुन्छ ।
खाद्य कम्पनीहरुले तिनीहरुका उत्पादनहरु विज्ञापन गर्दा यस्तो खानेकुरा स्वस्थ छ भनेर ढाँट्दछन् पनि । तिनीहरुको उद्देश्य त स्वस्थ बनाउने नभई पैसा कमाउने मात्र हुन्छ ।
गुलियो मिसाइएका चिसो पेय पदार्थहरु हानीकारक छन् । यसमा धेरै चिनी भएकोले रगतमा चिनीको मात्रा बढाइदिन्छन् । फलफूलका जुसहरुमा समेत धेरै चिनी हुन्छ । त्यसको सट्टामा चिनी नभएको पानी वा चिया पिउनुपर्छ । प्रत्येक हप्ता थोरै मात्रामा घटाउँदै तपाईंको चिया वा कफीमा कम चिनीसँग बानी पार्न सक्नुहुन्छ । वढी सुगन्धका लागि पानी वा चियामा पुदिनाका पाताहरु वा कागती मिसाउन सकिन्छ । फलफूलको जुसको सट्टामा सिंगै फलफूल खानु मधुमेहका लागि राम्रो हुन्छ किनकी फलफूलमा भएको फाइवरले फाइदा गर्छ । जाँड, रक्सि र अल्कोहलयुक्त पेय पदार्थहरु समेत शरिरमा चिनीमा परिणत हुन्छन्, तसर्थ यस्ता वस्तु नखानु नै जाति हुन्छ ।
निरन्तर रुपमा तनावको महसुस भयो भने रगतमा चिनीको मात्रा बढ्नुका साथै धेरै प्रकारका शारिरिक समस्याहरु हुन्छन् ।