पहिलो कुरा Type II मधुमेह कहिले सुरु भएको भन्ने कुरा थाह पाउन गार्हो हुन्छ l भर्खर पत्ता लागेको मात्र हो l बर्षौं सम्मको निरन्तर अधिक क्यालोरी सेवन, कम शारीरिक काम आदिले गर्दा मधुमेह भएको हो l एक दुई दिनमा हुने कुरो होइन l बर्षौं सम्मको अज्ञानताले वा हेल्चक्राइंले मोटोपन बढ्ने, पेटको साइज बढ्ने; बर्षौंसम्म शरीरलाई चाहिने भन्दा धेरै क्यालोरी खानाले इन्सुलिन उत्पादन अत्याधिक मात्रामा हुन गई शरीरका कोषले इन्सुलिन को प्रतिरोध गरिदिंदा यस्तो अवस्था सिर्जना भएको हो l नखाएर सुगरको मात्रा घट्दैन बरु कलेजो (liver) बाट स्टोर भएको सुगर झन् बढी उत्पादन हुन्छ (निस्कन्छ) जसले गर्दा कलेजोले अर्को पटक खाना खाँदा झन् धेरै सुगर स्टोर गर्न थाल्छ l बरु स्वस्थ कुरा खाने तर शारीरिक कामहरु, ब्यायाम आदि गरेर सुगरलाई प्रयोगमा ल्याउनु पर्छ l शरीरलाई आवस्येक पर्ने खाने कुरा जस्तै फलफुल, हरियो सागपात, तरकारी आदि नखाईदिंदा शरीर झन् थाक्ने, केहि गर्न मन नलाग्ने, मासु र हड्डी कम्जोर हुने आदि समस्या हरु आउनेछन l
Leave A Comment
You must be logged in to post a comment.