— Type I मधुमेह भए इन्सुलिन  नलीइ सुखै छैन l यस्तोमा खाने चक्कीले काम गर्दैन l

— Type II मधुमेह भएको भए तुरुन्त diet कन्ट्रोल गर्नुस् र कम्तिमा ५ केजी तौल तत्काल घटाउनुस, पेटको साइज घटाउनुस l हप्तामा कम्तिमा २ पटक सुगर चेक गर्दै गर्नुस् l खाना र ब्यायेमको सन्तुलन मिलाउनुस, पानी सकेसम्म धेरै पिउनुस l तर याद गर्नुस् सुगर बढेर रिंगटा लाग्ने बेहोस हुने जस्ता आपातकालीन समस्याहरु पनि आउन सक्छन् l बरु सुरुमा औषधि खाने अनि सुगर कन्ट्रोल गर्दै गएर डाक्टर को प्रत्यक्ष निगरानीमा औषधिको मात्रा घटाउँदै जानु बेस हुन्छ l