— सरल भाषामा भन्नु पर्दा धेरै दिनसम्म रगतमा हुनु पर्ने भन्दा सुगरको मात्रा धेरै भएको अस्वस्थालाई मधुमेह (मधुमेह) भनिन्छ l हामीले खाने प्राय सम्पूर्ण खानाहरु अन्तिममा सुगर बनेर रगतसम्म पुग्छ l रगत नलीले त्यो सुगरलाई शरीरको प्रतेक अंगको (प्राय) प्रत्येक कोषमा पुर्याउछ l उक्त कोष भित्र सुगर पुगेपछि मात्र भोक लाग्न छोड्छ l अनि शरीरका अंगले गर्नु पर्ने कामहरु गर्न थाल्छन् l साना र ठुला खाले रगत नली हुँदै आएको सुगर शरीरको अंगको प्रत्येक कोषभित्र छिर्न (घरको ढोका भित्र छिर्न चाबी अवास्येकता भए झैं) इन्सुलिन को प्रयोग गर्छl इन्सुलिन चाहिं pancreas बाट उत्पादन हुन्छ l
— मधुमेह लाग्ने मुख्य गरि दुई कारण हुन्छन्:
(एक) Pancreas ले इन्सुलिन उत्पादन गर्न नसक्नु जसले गर्दा शरीरको अंगको प्रत्येक कोष भित्र सुगर छिर्न सक्दैन l त्यसपछि खाना खाए पनि शरीर भोकै हुन्छ र सुगर रगतमा जम्मा भएर बसिदिन्छ l यस्तो अवस्थालाई Type I मधुमेह भनिन्छ l Type I मा Pancreas मा समस्या भै अब कहिल्यै पनि इन्सुलिन को उत्पादन हुँदैन र जिन्दगि भर इन्सुलिन injection नै लिनु पर्छ l Type II मधुमेह बिग्रिएर पनि Type I मा परिणत हुन सक्छ l
(दुई) उत्पादन भएको इन्सुलिन शरीरको कोषले नचिनिदिनु वा प्रतिकार गरिदिनु (चाबिले काम गर्न छाडेकाले ढोका भित्र छिर्न नसकेको जस्तो हुनु) वा यति धेरै खाना खाइयो कि त्यस खानाबाट बनेको सुगरलाई कोष भित्र लैजान इन्सुलिन प्रयाप्त नहुनु (कोठाको चाबिले काम त गरेको छ तर कोठामा जाने मानिस नै धेरै हुनु र धेरै जना बाहिरै बस्न पर्ने जस्तो हुनु) l यस्तो अवस्थालाई Type II मधुमेह भनिन्छ l
Leave A Comment
You must be logged in to post a comment.