— Type I को हकमा तत्कालै हुन सक्ने आपातकालीन समस्या भनेको यदि इन्सुलिन  लिइएन वा प्रयाप्त भएन भने जति खाना खाए पनि शरीरको कोषले सुगर पाउन सक्दैन l कोषहरु भोकै भएपछी शक्तिको लागि शरीरको आफ्नै अन्य कोषहरु (मांसपेशी, बोसो) नस्ट गर्न थाल्छ l यस्तो असामान्य परिस्थितिले शरीरमा ketones भन्ने तत्व धेरै उत्पादन गरिदिन्छ र रगतमा सुगरको मात्रा पनि बढ्दै जान्छ l जसले गर्दा बान्ता हुने, पिसाब धेरै लाग्ने, स्वास छिटो फेर्नु पर्ने, शरीरमा पानीको मात्रा कम हुने, बेहोस हुने र ज्यानै समेत जान सक्छ l

— Type II मा समयमा औषधि नलिंदा वा औषधिको मात्रा नपुग्दा रगतमा सुगरको मात्रा धेरै हुन्छ l जसले गर्दा धेरै पिसाब लाग्न गई शरीरमा पानीको मात्रा कम भएर रिंगटा लाग्ने, बेहोस हुने आदि हुन सक्छ र किड्नीमा समेत समस्या ल्याउन सक्छ l

— Type I र Type II दुबैमा, बर्षौसम्म रगतमा सुगरको मात्रा धेरै भयो भने धेरै दिर्घकालिन समस्या देखिन्छन् l धेरै सुगरको कारण रगत औसत भन्दा धेरै बाक्लो र गरुङ्गो बन्न जान्छ (जस्तै सफा पानी आउने पाइपमा लेदो गरुङ्गो तत्वहरु आएर पाइप नै जाम भए झैँ ) l रगतले नियेमित गर्ने काम जस्तै oxygen ओसार्ने काम लगाएत अन्य धेरै काममा बाधा परिरहेको हुन्छ l रगत बाक्लो र गरुङ्गो भएकै कारण नसाको भित्रिभागमा पनि क्षति पुर्याउछ, स-साना नसामा रगत छिर्न सक्दैन l रगत पुग्नु पर्ने ठाउँमा समयमा रगत नपुग्दा शरीरका धेरै अंगका कोषहरु राम्रोसंग काम गर्न छाडछन् र मर्न थाल्छन् l त्यसपछि घाउ समयमा सन्चो नहुने, हात खुट्टा पोल्ने, झम झम्झम्याउने, आँखामा समस्या ल्याउने, किड्नीको समस्या, heart attack आदि हुन सक्छ l