विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार नेपालमा अहिलेसम्म मधुमेहपीडित कति छन् भन्ने तथ्याङ्क नै छैन तर सन् २०१६ मा गरेको एक सर्वेक्षणले ९ दशमलब १ प्रतिशत नेपालीमा मधुमेह रहेको उल्लेख छ । त्यसमा १० दशमलब ५ प्रतिशत पुरुष र ७ दशमलब ९ प्रतिशत महिला मधुमेह पीडित रहेको देखाएको छ ।

त्यस्तै, मधुमेहको जोखिम शहरी क्षेत्रमा ८ प्रतिशत तथा ग्रामिण भेगमा एक प्रतिशत रहेकोमा मधुमेहमध्य पनि टाइप २ मधुमेहको जोखिम १.४ देखि १९ प्रतिशतसम्म रहेको पाइएको छ । नेपालमा मधुमेह हुने अधिकांश व्यक्तिमा मोटोपनाका कारण यो रोग लाग्ने गरेको एक तथ्याङ्कले देखाएको छ । नेपालमा १६ दशमलब ७ प्रतिशत मोटोपनका कारण मधुमेह हुने गरेको पाइएको हो ।