गर्भावस्थामा मधुमेह देखिनु असामान्य अवस्था हो। यस्तो बेलामा करिब ५-१० प्रतिशत गर्भवतीमा मधुमेह देखिने गरेको छ। यसरी गर्भावस्थामा मधुमेह देखिनुलाई जेस्तेसनल मधुमेह भनिन्छ। यो मधुमेहले आमा र पेटमा भएको शिशुको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। यो मधुमेह धेरैजसोमा सुत्केरी भएपछि हराउने गर्छ। गर्भवती हुनुअघि नै यो रोग नियन्त्रणमा नआए बढी समस्या उत्पन्न हुन सक्छ। साधारण व्यक्तिमा देखिने मधुमेह र गर्भवतीमा देखिने मधुमेहमा केही फरक हुन्छ । गर्भावस्थामा हुने मधुमेह साधारणतया बच्चा जन्माइसकेपछि हराएर जाने गर्दछ। त्यस्ता महिलामा पुनः मधुमेह हुने सम्भावना भने उच्च हुन्छ।